पुर्वका ३ जिल्लालाई स्वायत मधेश प्रदेश भित्र राख्नुपर्ने माग

पुर्वका ३ जिल्लालाई स्वायत मधेश प्रदेश भित्र राख्नुपर्ने माग

 

प्रेम देवान

मंसिर २९ सोमवार

मधेश केन्द्रित राजनितिकदलहरुले मोरंग, सुनसरी तथा झापा जिल्लालाई स्वायत मधेश प्रदेश भित्र राख्नुपर्ने माग गरेका छन ।

मधेश केन्द्रित ६ वटा दलको वैठकले राज्य पुर्न संरचनाको संर्दभमा कांग्रेस एमालले ल्याएको प्रस्ताव मधेश विरोधी भएको भन्दै यसले समस्याको समाधान नहुने जनाएका छन ।

मधेश केन्द्रित मोरंगका ६ वटा दलहरुले विराटनगरमा सोमबार सयुक्त रुपमा पत्रकार सम्मेलन गरी मोरंग, सुनसरी तथा झापा जिल्ला लाइ पाहाड तिर गाभ्न खोजिए आन्दोलन गर्ने जनाएका छन । अन्तरिम संविधानका भावना अनुसार तिनवटा जिल्लालाइ स्वाय मधेश प्रदेश भित्रै राख्नुपर्ने जनाएका छन ।

अहिले मुख्यदलहरु विच केन्द्रमा संविधानका अन्र्तवस्तुमा छलफल भइरहेकाले तिनवटा जिल्लालाइ मधेश प्रदेस बनाउन मुख्यदलहरुलाइ दवाव दिन आफुहरुले जिल्ला स्तरमा यो निर्णय गरेको मधेशी जनअधिकार फोरम लोकतान्त्रीकका केन्द्रिय सदस्य दिलिप धाडेवाले बताउनुभयो ।

मोरंग सुनसरी तथा झापा जिल्लाका मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, मधेशी जनअधिकारी फोरम नेपाल, सद्धभावनापार्टी, तराइ मधेश लोकतान्त्रीक पार्टी, सयुक्त कोचिला संर्घष समिति तथा तराइ मधेश राष्ट्रिय अभियानको सयुक्त वैठकले सो निर्णय गरेको मधेशी जनअधिकार फोरम नेपालका केन्द्रिय सदस्य मृत्युञ्जय कुमार झाले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्