सहकारी बैंक नाफामुखी हैन सेवामुखी हुन आग्रह ः उपराष्ट्रपति

<span class='c1'>सहकारी बैंक नाफामुखी हैन सेवामुखी</span> <span class='c2'>हुन आग्रह ः उपराष्ट्रपति</span>

 

प्रेम देवान

विराटनगर, २९ मंसिर । उपराष्ट्रपति परमानन्द झाले सहकारी बैंकले नाफामुखी नभई सेवामुखी भएर सेवा प्रदान गर्नुपर्ने बताउनु भएको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको ११ औं साधारणसभाको सोमबार विराटनगरमा उद्घाटन गर्दै उपराष्ट्रपति झाले सहकारीप्रति जनताको विश्वास बढ्दै गएकाले यसलाई गाउ“गाउ“ पु¥याई न्यून आय भएका जनताको सेवामा समर्पित बनाउन आग्रह गर्नुभयो ।
उपराष्ट्रपति झाले राजनीतिक अस्थिरताका कारण ग्रामीणस्तरमा अझै सरकारी तथा निजी क्षेत्रका बैकहरुको पहु“च पुग्न नसकेको समयमा सहकारी बैंकले स्थानीय स्तरमा गएर आप्mनो सेवा प्रवाह गरी जनताको सेवा गर्नुपर्ने बताउनुभयो । मुलुकमा सहकारीको आवश्यकतालाई जनताले स्वीकार गरेकाले यसलाई अझ प्रभावकारी बनाउन यस क्षेत्रमा रहेकाहरु लाग्नुपर्ने सुझाव समेत उपराष्ट्रपति झाले दिनुभयो ।
उहा“ले उपराष्ट्रपति झाले मुलुकको विकास र अर्थतन्त्रको तीन खम्बामध्ये सहकारी एक खम्वा भएकाले गरिब तथा विपन्नवर्ग लगायत पछाडि परेका क्षेत्रमा गएर सेवा प्रदान गर्न सरकारी तवरबाट पनि पहल गर्नुपर्ने आवश्यकता औल्याउनु भयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले राष्ट्रिय सहकारी बैंकले शहरमुखी नभई स्थानीय स्तरसम्म पुगेर ग्रामीण जनताको बैंकमा पहु“च बृद्धि गर्न जोड दिनुपर्ने बताउनुभयो । उहा“ले सरकारले समेत कृषि क्षेत्रको विकासमा अनुदान दिन थालेकोले बैंक तथा सहकारीहरुले कृषि क्षेत्रमा लगानी बृद्धि गर्नुपर्ने बताउनुभयो ।
बैंकका अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी संघ लमिटेडका अध्यक्ष केशव वडालले सहकारीलाई गाउ“–गाउ“ पु¥याएर मुलुकको उन्नती तथा प्रगतीमा सहयोग पु¥याउने काम गरिरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्