पाँच करोड रुपैयाँको लागतमा सात किलोमिटर नयाँ नहर निर्माण सम्पन्न

पाँच करोड रुपैयाँको लागतमा सात किलोमिटर नयाँ नहर निर्माण सम्पन्न

बाढीजन्य क्षति पुनर्निमार्ण योजना विराटनगरले पाँच करोड रुपैयाँको लागतमा सात किलोमिटर नयाँ नहर निर्माण सम्पन्न गरेको छ ।
सरकारले सप्तकोसी नदीको बाढीले क्षतिग्रस्त जमिनमा सिँचाइ गर्न सुनसरीको श्रीपुर, हरिपुर गाविसमा नहर निर्माणको काम सम्पन्न गरेको कार्यालयले जनाएको छ ।
सरकारको ४० प्रतिशत र एसियाली विकास बंैकको ६० प्रतिशत संयुक्त लगानीमा आव २०६७÷६८ मा निर्माणको काम सुरु गरिएको थियो ।
पूर्वाञ्चल सिँचाइ डिभिजन नं २ ले नहर निर्माण गरेको हो । त्यस नहरबाट करिब दुई हजार हेक्टर जमिन सिँचित गर्ने सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख चन्द्रभुषण मल्लिकका अनुसार सप्तकोसीको सिपेच पानीलाई एकीकृत गरेर निर्माण गरिएको नहरबाट हरिपुर, श्रीपुर, लौकहीका जमिनमा सिँचाइ सुविधा पुग्ने छ ।
हरिपुर जल उपभोक्ता समितिका सचिव मनमोहन झाले निर्माण सम्पन्न भएको नहरले दुई हजार हेक्टर जमिन सिँचित गर्ने बताउनुभयो ।
पाँच वर्षअघि सप्तकोसी नदीमा आएको बाढीले श्रीपुर, हरिपुर, लौकही, पश्चिम कुसाहालगायतका ग्रामीण क्षेत्रका खेतीयोग्य जमिन क्षतिग्रस्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्