सरकारले चासो नदिदाँ बैदेशीक रोजगारीको नाममा ठगि बढ्दै

सरकारले चासो नदिदाँ बैदेशीक रोजगारीको नाममा ठगि बढ्दै

बैदेशीक रोजगारीको क्रममा हुने ठगी नियन्त्रण गर्न सरोकारवाला सकृय हुनु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएकाछन् ।
आज विराटनगरमा ओरेक मोरङले आयोजना गरेको अन्र्तक्रियामा सहभागी पत्रकारहरुले सरकारले चासो नदिदाँ बैदेशीक रोजगारीको नाममा ठगि बढ्दै गएको बताएकाछन् ।
कार्यक्रममा ओरेक मोरङकी विमला ढुगांनाले बैदेशीक रोजगारीको क्रममा हुने ठगीमा न्याय पाउन कठिन रहेको बताउनु भयो । बैदेशीक रोजगारीको क्रममा ठगि भए न्याय खोज्दै राजधानी पुग्नु पर्ने बाध्यताको कारण समस्या भएको बताउनु भयो । उहाँले यसलाई विकेन्द्रीकृत गर्नु पर्ने बताउनु भयो ।
यस्तै ओरेकले सुरक्षीत आप्रावसन सम्बन्धी जानकारी दिन अहिले मोरङ र सुनसरीमा जिल्ला प्रसासन कार्यालयमा सुचना केन्द्र संचालन गरिरहेको छ । यस्तै गाबिस स्तरमा मोरङ र सुनसरीका दुई दुई गाबिसमा सामुदायीक सुचना केन्द्र संचालन गरीरहेको ओरेक मोरङ जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्