सरकारी कर्मचारीद्धरा पत्रकारलाई वन्धक वनाएर निर्घात कुटपिट

सरकारी कर्मचारीद्धरा पत्रकारलाई वन्धक वनाएर निर्घात कुटपिट

 

प्रेम देवान

पुस ९ बुधवार । समाचार लेखेको विषयमा विराटनगर साप्ताहिका पत्रकार व्रम्हदेव यादवलाइ आज विहान सुनसरी मोरंग सिचाइ योजनाका कर्मचारीहरुले वन्धक वनाएर निर्घात कुटपिट गरेका छन ।

विराटनगर साप्ताहिकमा सो कार्यालयमा भएको भ«ष्टाचारको विषय समाचार लेखेको भन्दै सो कार्यालयमा कार्यरत कर्मचारी इन्जिनियर तारा पौडेल, केदार तिवारी , प्रेमचन्द झा तथा कार्यालयका भान्से सुधिरले आफुमाथी निर्घात कुट पिट गरेको पत्रकार यादवले बताउनुभयो ।

कार्यालय प्रोजेक्ट मेनेजर मधुकर राजभण्डारीले फोनवाट समाचारको विषयमा कुृरागर्न वोलाएपछी पत्रकार यादव कार्यालयमा आज विहान ११ वजे पुगेका थिए ।

उनी त्याहा पुगेपछी कर्मचारीहरुले कार्यालयको पछाडी रहेको भन्सा कोठामा लगेर दइ घन्टा थुनेर वन्धक वनाएका थिए ।gaite patrakar yadav

यादवलाइ कोठामा कर्मचारीहरुले हामा्रे समाचर लेख्ने तिमिनै होइनौ भन्दा निर्घात कुटपिट गरेका थिए ।दुइ घन्टापछी पत्रकार यादव त्याहावाट भाग्न सफल भएका थिए । कुटपिटवाट पत्रकार यादवको मुख र आखामा गंभिर चोट लागेको छ । उनको ढाडमा समेत चोट लागेको छ । आफुसंग रहेको ३ हजार रकम तथा मोवायल समेत लुटिएको यादवले बताउनुभयो ।

यसैविच पत्रकार यादव माथी भएको घटना प्रती नेपाल पत्रकार माहासंघ मोरंग , प्रेश युनियन मोरंग , प्रेश चौतारी मोरंगले छुटा छुटै प्रेश विज्ञेप्ति जारीगर्दै दोषिलाइ कडा कार्वाहीगर्न माग गरेको छ । उनीहरुले आज विज्ञेप्ति प्रकाशित गर्दै कडा कार्वाही नभए कडा आन्दोलनमा उत्रने बताएका छन । यसैविच दोषिलाई कडा कारबारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यलयमा ज्यान मुद्धा सम्बन्धी उजुरी दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्