विराटनगरमा अर्को टिचिङ्ग हस्पिटल

विराटनगरमा अर्को टिचिङ्ग हस्पिटल

 

विराटनगर ,९ पुस । मोरङको टंकीसिनवारी २ मा बुधवार देखि विराटनगर मेडिकल कलेज टिचिङ्ग हस्पिटल संचालनमा आएको छ ।

करीब एक अर्वको लगानीमा १सय ५० वेडको सो हस्पिटल विराटनगर अस्पताल प्रालिले संचालनमा ल्याएको हो । अस्पतालको शुभारम्भ विराटनगरका समाजसेवी तोरणमान सिङ प्रधानले गर्नुभयो ।

काठमाण्डौ विश्वविद्यालयको आंगिक टिचिङ्ग हस्पिटलको रुपमा संचालन गरिएको सो अस्पतालमा सवै सेवा सुविधाहरु आधुनिक प्रविधिले सर्वसधारणलाई दिने हस्पिटलका उपाध्यक्ष डेनिस मानसिङ कार्कीले बताउनुभयो ।सो अवस्पतालमा बहिरंग , आकस्मिक , हाडजोर्नी ,स्त्रीरोग मानशिक रोग सहित सवै सेवाहरु विषेशज्ञ चिकित्सक द्धारा सेवा प्रदान गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्