निजी अस्पतालहरुको अनुगमन गर्नुपर्ने माग

निजी अस्पतालहरुको अनुगमन गर्नुपर्ने माग

उपभोक्ताको ढाड सेक्ने गरी निजी अस्पतालहरुले मनोमानी ढंगमा शुल्क बढाउदा पनि जिल्ला जनश्वास्थ्य कार्यालय मोरङले चासो नदिएको भन्दै एमाले मोरङले आपत्ति जनाएको छ ।जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी निकायलाई जवाफदेही बनाउने अभियानअन्तर्गत जिल्ला जनश्वास्थ्य कार्यालय विराटनगरमा पुगेको एमाले टोलीले निजी अस्पतालहरुको अनुगमन गर्नुपर्ने माग गरेको छ । कार्यक्रममा बोल्दै एमाले मोरङका प्रतिनिधिहरुले निजी अस्पतालहरुले मापदण्ड अनुसारका कार्य गरेनगरेको अनुगमन गर्नुपर्ने र मापदण्ड विपरित कार्य गर्ने अस्पताललाई कारवाहि गर्नुपर्ने माग गरे । कार्यक्रममा बोल्दै नेकपाएमाले मोरङका अध्यक्ष महेश रेग्मीले तोकिएको स्थानमा चिकित्सकहरुले सेवा दिए नदिएको, तोकिएको समय अवधिभरी अस्पतालमा उपस्थित भएनभएको जनश्वास्थ्यले अनुगमन गर्नुपर्ने बताउनुभयो । उहाले निजी अस्पतालहरुले मनोमानी ढंगबाट शुल्क बढाएकोप्रति जिल्ला जनश्वास्थ्य कार्यालयमोरङका प्रमुख भानु याङ्देनलाई चासो दिन आग्रह गर्दै यसमा एमाले मोरङले जतिसक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्