लक्षित वर्गका लागि छुट्याएको १५ प्रतिशत बजेटमा सरोकारवाला निकायहरुले अनियमिता गरेको आरोप

लक्षित वर्गका लागि छुट्याएको १५ प्रतिशत बजेटमा सरोकारवाला निकायहरुले अनियमिता गरेको आरोप

सरकारले लक्षित वर्गका लागि छुट्याएको १५ प्रतिशत बजेटमा सरोकारवाला निकायहरुले अनियमिता गरेको एक कार्यक्रमका वक्ताहरुले आरोप लगाएका छन् ।नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् मोरङको प्रथम जिल्ला भेला तथा अन्तरक्रियाका सहभागिहरुले यस्तो आरोप लगाका हुन् । कार्यक्रममा बोल्दै उनिहरुले सरकारले आफुहरुकालागि छुट्याएको बजेट राजनितिक दल र सरोकारवाला निकायहरुले पूर्वाधार विकासको नाममा अनियमितता गरेको आरोप लगाए । कार्यक्रममा बोल्दै महासंघको मोरङ जिल्लाका विभिन्न नगर तथा गाविस समन्वय परिषद्का प्रतिनिधिहरुले आदिवासी जनजातीहरुका लागि छुट्याइएको बजेट उनिहरुको विकासका लागि सदुपयोग नगरी गाविस तथा नगरपालिकाहरुले आफुखुसि प्रयोगगरिरहेको गुनासो गरे । कार्यक्रममा बोल्दै महासंघका मोरङ जिल्ला अध्यक्ष मिलनकुमार राईले आदीवासी जनजातीहरुका लागि आएको बजेट महासंघलाई जानकारी नै नगराई खर्च गरिएमा कडा संघर्षमा उत्रने चेतावनी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्