हाजिरीजवाफ प्रतियोगितामा एप्लाइड कलेज विराटनगर प्रथम

हाजिरीजवाफ प्रतियोगितामा एप्लाइड कलेज विराटनगर प्रथम

विराटनगरमा सम्पन्न भएको उच्चमाध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा एप्लाइड कलेज विराटनगर प्रथम भएको छ ।नेपाल विश्व विद्यालय निजी कलेज संघ मोरङको आयोजनामा आज विराटनगरमा भएको प्रतियोगितामा एप्लाईड कलेज प्रथम भएको हो । त्यसैगरी सिटी कलेज विराटनगर द्वीतिय, मेरील्याण्ड कलेज तृतिय भएको आयोजक संघका अध्यक्ष तिर्थराज घिमीरेले जानकारी दिनुभयो । प्रतियोगितामा कोशी कलेज, चन्द्रशुर्य ग्लोबल कलेज, हिमालय दर्शन कलेज, मेरील्याण्ड कलेज लगायत विराटनगरका नौ वटा कलेजहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्