सुकुम्बासी संगठनहरुले सुकुम्बासी समस्या सामधान आयोगको काम सुचारु गर्न आग्रह

सुकुम्बासी संगठनहरुले सुकुम्बासी समस्या सामधान आयोगको काम सुचारु गर्न आग्रह

सुकुम्बासी समस्या सामधान आयोगले आप्mना सम्पूर्ण काम रोकेको भन्दै सुकुम्बासी सम्वद्ध विभिन्न संगठनहरुले आयोगले काम सुचारु गर्न माग गरेका छन् ।
विराटनगरमा पत्रकार सम्मेलनगरी झापा, मोरङ, सुनसरीका विभिन्न सुकुम्बासी संगठनहरुले सुकुम्बासी समस्या सामधान आयोगको काम सुचारु गर्न आग्रह गरेका हुन् । सर्वाेञ्च अदालतले अन्तरीम आदेश जारी गरी सुकुम्बासी समस्या सामधानकालागि गठित आयोगको काम रोक्न निर्देशन दिएपछि आयोगको सम्पूर्ण काम प्रभावित बनेको थियो । आयोगको काम रोकिएपछि सुकुम्बासीले जग्गा पाउने विषयमा अन्योलता सृजना भएको भन्दै झापा, मोरङ, सुनसरीका ६ वटा संगठनहरुले आयोगको काम सुचारु गर्न आग्रह गरेका हुन् । आयोगले सुकुम्बासीहरुले फारम भरेपछि अनुगमन गर्न फिल्ड जाने तयारी गर्दा अदालतको आदेशले काम रोकिएको उनिहरुको गुनसो छ । लामो समय देखी बसोवास गर्ने सुकुम्बासीहरुले जग्गा पाउने आसा पलाएपनि अदालतको आदेशले अन्योल बनाएको नेपाल भुमिहिन सुकुम्बासी संगठन मोरङका अध्यक्ष ओमनाथ उप्रेतीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्