मौसममा परिवर्तनसँगै बाक्लो कुहिरोका कारण आलुखेतीमा डढुवा रोगको प्रकोप

मौसममा परिवर्तनसँगै बाक्लो कुहिरोका कारण आलुखेतीमा डढुवा रोगको प्रकोप

मोरङमा आलुखेतीमा डढुवा रोगको प्रकोप देखीन थालेको छ । लगातार दुई सातादेखि मौसममा परिवर्तनसँगै बाक्लो कुहिरोका कारण डढुवा रोग देखिन थालेको हो ।
यो रोग लागेपछि आलुको पातमा दाग देखिने क्रमिकरुपमा यसको असर डाँठबाट फलमा पुगेपछि आलुको बोट सुक्ने गर्छ ।

जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत काशी चौधरीले यो रोग लागेको सम्बन्धमा तीन÷चार दिनदेखि किसानलाई लगातार जानकारी गराउने गरिएको बताउनुभयो ।
यो रोगको लक्षण देखिएपछि किसानलाई युनिलक्स र एलिमिक्स एक दशमलव पाँच ग्राम एक लिटर पानीमा मिसाएर बालीमा छर्कनुपर्ने उहाँको सल्लाह छ ।
मोरङमा ५७ हजार हेक्टर जग्गामा आलुको खेती गरिएको छ । किसानले सुरुमा रोपेका आलु, उन्नत जातको बीउ, उपचार गराएका बीउमा यस्ता समस्या नरहेको अर्का बाली संरक्षण अधिकृत सागर भट्टराईले जानकारी गराउनुभयो ।
खासगरी, मोरङको कोसीहरैचा, कटहरी, सिसवनी, रङ्गेली, पथरी र मधुमल्ला गाविसस्थित आलुखेतीमा व्यापक रुपमा डढुवा रोगको असर देखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्