विराटनगरमा खानेपानीको समस्या समाधानको लागी २० करोड रुपैयाँबढिको योजना सुरु हुने

विराटनगरमा खानेपानीको समस्या समाधानको लागी २० करोड रुपैयाँबढिको योजना सुरु हुने

विराटनगरमा रहेको खानेपानीको समस्या समाधानको लागी २० करोड रुपैयाँबढिको योजना सुरु हुने भएको छ । खानेपानीलाइ व्यवस्थित तथा विस्तार गर्न विराट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मानगढ र नेपाल सरकार विच सहलगानी योजना सम्झौता कार्यान्वयनका लागी हस्ताक्षर भएको विराट खानेपानीका अध्यक्ष रामबहादुर घिमिरेले बताउनु भयो ।
विराट खानेपानीलाइ थप व्यवस्थित गर्न नेपाल सरकारको तर्फवाट खानेपानी सरसफाइ डिभिजन कार्यालय विराटनगर र विराट खानेपानी विच २० करोड ५० लाख सम्झौता भएको हो । जसमा उपभोक्ता समितिको ३० प्रतिशत र वाँकी ७० प्रतिशत नेपाल सरकारको लगानी रहने छ ।
खानेपानी सरसफाइ कार्यालयका इन्जिनियर मोहनवहादुर कार्की र विराट खानेपानीका अध्यक्ष राम वहादुर घिमिरेले सह लगानी योजना सम्झौतामा हस्ताक्षर गर्नु भएको हो । विराटनगर–४ मा रहेको विराट खानेपनी लाइ व्यवथित गर्न डिप टुवेल, पानी प्रशोधन मेशिन, ओभरहेड जडानगरी ३७ किलोमिटर पाइप लाइन विछाउने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
विराट खानेपानीले उत्तरी विराटनगरका विभिन्न वडा, वैजनाथपुर तथा हात्तिमुढा गावीसका ३० हजार वासीन्दालाइ स्वच्छ खानेपानी उपलव्ध गराउदै आएको छ ।
योजनाको काम सम्पन्न भएपछी थप ६ हजार तिन सय वासिन्दालाइ खानेपानी पुग्ने बताइएको छ । सात महिना पछि २०७२ साउन बाट सुरु हुने योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
..............

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्