‘संसारलाई साढे पाच फन्को’ पुस्तकमाथि आज विराटनगरमा परिचर्चा

‘संसारलाई साढे पाच फन्को’ पुस्तकमाथि आज विराटनगरमा परिचर्चा

विश्व साइकलयात्री एवं सगरमाथा आरोही पुष्कर शाहका अनुभव समेटिएको ‘संसारलाई साढे पाच फन्को’ पुस्तकमाथिpuskar shah आज विराटनगरमा परिचर्चा गरिएको छ । पुस्तकको चर्चा गर्दै साहित्यकार तथा समालोचकहरुले नेपाल र नेपालीहरुलाई विश्व सामु चिनाउन पुस्तक सफल हुन सक्ने बताएकाछन् ।

वाणी प्रकाशनले आज विराटनगर स्थित आरोहण गुरुकुलमा आयोजना गरेको अन्तरक्रिया एवं हस्ताक्षर कार्यक्रममा पुस्तकको परिचर्चा गर्दै समालोचकहरुले पुस्तक रोचक र सुन्दरताको खोजिमा आएको नया कृति सावित भएको बताए । पुस्तकका विषयवस्तुमा चर्चा गर्दै प्राध्यापक डाक्टर टंक न्यौपानेले पुस्तकमा सामाजिक, राजनितिक विसंगति र विभिन्न देशको संस्कृतिलाइ समेटिएको बताउनुभयो ।

कवि तथा समालोचक मिश्र वैजयन्तीले पुस्तक संघर्षपुर्ण ररोचक रहेको बताउदै संसारलाई चिन्ने उच्छुकहरुले शाहको पुस्तक अवश्य पढ्नुपर्ने बताउनुभयो .
त्यस्तै कार्यक्रममा बोल्दै पत्रकार तथा कवि मिनकुमार नवोदितले पुस्तक रोमाञ्चक र विवशको एनाको रुपमा रहेको भन्दै सबैले एक पटक पुस्तक पढ्नै पर्नेमा जोड दिनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले साइकलमा विश्व घुम्ने र त्यसलाइ पुस्तकका उतार्ने साहस र योग्यता प्रशंसा योग्य रहेको बताउनुभयो । उहाले पुस्तक अंग्रेजी भाषामा पनि प्रकाशन गर्न सके विश्व सामु नेपाल र नेपालीहरुको साहसलाइ पहिचान गराउन सकिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै विश्व साइकलयात्री एवं सगरमाथा आरोही पुष्कर शाहले पुस्तकमा आफुले लेखेका हरेक शब्दमा सत्यता रहेको बताउदै पुस्तकमा सपना, सफलता र इच्छाशक्तिको कथा समेटिएको बताउनुभयो ।

पुस्तकको प्रबद्र्धन तथा पाठकस“ग अन्तरक्रिया गर्न विश्व साइकलयात्री पूर्वाञ्चल भ्रमणमा रहेको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा विश्व साइकलयात्री शाहले विश्व भ्रमणको अनुभवसमेत सुनाउनुभएको थियो । आफ्नी आमाले दिएको १ सय रुपैयाँबाट शाहले २०५५ सालमा साइकल यात्रा सुरु गर्नुभएको थियो । उहाँले २ लाख २१ हजार किलोमिटर दूरी तय गरी १ सय ५० मुलुकको भ्रमण गरिसक्नुभएको छ भने संसारभरिका झण्डा बोकेर २०६७ साल जेठ ४ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत सफल आरोहण गरिसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्