डेढ दशक अघि निर्माण सुरु गरिएको ‘विराटनगर चक्रपथ’का लागि आएको बजेट खर्च नै नभई फिर्ता

डेढ दशक अघि निर्माण सुरु गरिएको ‘विराटनगर चक्रपथ’का लागि आएको बजेट खर्च नै नभई फिर्ता

हरि अधिकारी
विराटनगर, विकाश निर्माणकालागि आएको बजेट समयमा नै खर्च गर्नु पर्ने हो । तर विराटनगर उपमहानगरपालिकाको बढदो सवारी चापलाई न्युनिकरण गर्न भन्दै करिव डेढ दशक अघि निर्माण सुरु गरिएको ‘विराटनगर चक्रपथ’कालागि आएको बजेट खर्च नै नभई फिर्ता जाने गरेको छ । ठेक्का प्रकृयामा कुरा नमिल्दा पटक पटक आएको विकास बजेट खर्च नै नभई फिर्ता गएको हो ।
२०६५/६६ देखी निर्माणको जिम्मा पाएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यलयले आएको रकम खर्च गर्न नसकेर फिर्ता पठाउने गरेको हो । गत बर्ष सम्म सरकारले चक्रपथ निर्माणकालागि भन्दै १४ करोड ५७ लाख ४० हजार रुपैया विनियोजन गरेको थियो । तर आधा रकमपनि खर्च नगरी फिर्ता गएको छ ।

गत बर्ष सम्म डिभिजन कार्यालयले ४ करोड ६१ लाख ६४ हजार ९सय २३ रुपैया मात्र खर्च गरेको थियो । भने ९ करोड ९५ लाख ७५ हजार ७७ रुपैया फिर्ता गएको हो । यस आर्थिक बर्षपनि ६ करोड ८७ लाख २० हजार रुपैया बजेट विनियोजना गरिएको छ । विगत बर्षहरुमा चक्रपथ निर्माणकालागि आएको बजेट कर्मचारी र ठेकेदार विच कुरा नमिल्दा थोरै रकम खर्च भएर धेरै फ्रिज भएको हो ।

चक्रपथ निर्माण सुरु गरेयता सबै भन्दाबढि रकम गत बर्ष छुटयाइएको थियो । गतबर्ष छुटयाइएको ७ करोड ११ लाख २५ हजार रकम विभिन्न कारण देखाउदै सो कार्यालयले ६५ लाख ५९ हजार रुपैया मात्र खर्च गरेपछि बाकी रकम फिर्ता गएको थियो ।

डेढ दशकअघि २०५४ साल देखी निर्माण सुरू गरिएको विराटनगर चक्रपथको ट्रयाक खोल्ने कार्य अझै पुरा हुन सकेको छैन् । सरोकारवाला निकायको उदासीनाताका कारण निर्माण सुरू भएको १६ वर्ष बितिसक्दा पनि विराटनगर चक्रपथको ट्रयाक खोल्ने कार्य अझै पुरा नभएको हो । चक्रपथको जग्गा विवादका कारण अझै पुरा ट्रयाक खुल्न सकेको छैन् । कहिले जग्गा मुआब्जा विवाद त कहिले बजेट अभावका कारण १६ वर्षमा पनि ट्रयाक खोल्ने काम पूरा नभएको हो ।

चक्रपथको लखन्तरी र झोराहाट क्षेत्रको केही स्थानमा अझै ट्रयाक खोल्न सकिएको छैन् । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यलयका मोरङ प्रमुख किसोरलाल महाजुले लखन्तरीदेखि झोराहाट ट्रयाक खोल्न विवाद रहेको बताए । उनले ट्रयाक खोल्ने विषयमा अदालतबाट नै नखोल्न आदेश जारी भएकाले सो क्षेत्रको केही भाग ट्रयाक खोल्न नसकिएको बताए । उनले यसै बर्ष ट्रयाक खोल्ने लक्ष्य रहेपनि अदालतले दुई स्थानमा रेखाङकन नगर्न आदेश जारी गरेकाले समस्या भएको बताए ।

कूल ४२ किलोमिटर लम्बाई रहेको चक्रपथको निर्माणकालागि ढिला सुस्ती हुदा ट्रयाक खोल्ने काम समेत नभएको हो । रिङरोड सञ्चालन आए विराटनगरको ट्राफिक जाम कम हुने बताइन्छ । ठुला र मालवहाक सवारी साधनलाई वाईपास मार्गबाट आवगमन गराउन सके विराटनगरको ट्राफिक जाम कम हुने जानकारहरु बताउछन् ।
सुरुवाती अवस्थामा निर्माणको जिम्मा पाएको सडक डिभिजन कार्यालयले काम नगरेपछि सो जिम्मेवारी सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यलयलाई दिएको थियो । तर सो कार्यालयले पनि विकास बजेट खर्चन सकेको देखिदैन् । २०६४ सालदेखी निर्माणको जिम्मा पाएका डिजिन कार्यालयले ट्रयाक समेत खोल्न सकेको छैन् ।

४२ किलोमिटर लम्बाईमध्ये २० किलोमिटरमा ग्राभेलसमेत भइसकेको छ । चक्रपथका निर्णाण्का लागि २ सय ११ बिघा जग्गा आवश्यक पर्छ । सोका लागि आवश्यक जग्गा सर्वसाधारणबाट निःशुल्करूपमा अधिग्रहण गरिएको छ ।
कटहरी, झोराहाट, लखन्तरी, टंकीसिनवारी, हात्तीमुडा, भाथिगछसहित विराटनगर उपमहानगरपालिकाका विभिन्न वडा छुने चक्रपथ निर्माणपछि सर्वसाधरणबाट अधिग्रहण गरिएको जमिन विकसित घढेरीको रुपमा फिर्ता गर्ने लक्ष्य राखिएको छ । ३४ मिटर चौडाइ रहने चक्रपथको सहायक सडक ८ देखि १० मिटरको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्