बन्दका कारण पुर्वाञ्चलको जनजिवन प्रभावित

बन्दका कारण पुर्वाञ्चलको जनजिवन प्रभावित

वैद्य माओवादीले आह्वान गरेको  बन्दका कारण आज बिहानैदेखि पुर्वाञ्चलको जनजिवन प्रभावित वनेको छ । वर्तमान सरकार विगठन गरी राष्ट्रिय सरकार गठन, संविधानसभा भंग, पहिचानसहितको संघीयता जारी हुनुपर्ने लगायतका माग राखेर पूर्वाञ्चन बन्द गरेको केन्द्रीय सदस्य हर्क नेम्वाङ्गले वताउनुभयो ।
सार्वजनिक सवारी नचल्दा लामो यात्रामा निस्किएका यात्रु मारमा परेका छन् । आफ्ना माग पूरा गर्न दबाब दिने उद्देश्यका साथ बन्द आह्वान गरिएको नेम्बाङले जानकारी दिनुभएको छ ।
बन्दका कारण लामो तथा ग्रामिण भेगमा चल्ने छोटो दूरीका कुनै पनि सवारी साधन चलेका छैन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्