भुकम्प आए कहा बस्ने ?

भुकम्प आए कहा बस्ने ?

विराटनगर,

गत पुस ३ गते विहिवार राती छोटो भुकम्पको धक्का महसुस हुदा विराटनगरमा निक्कै हल्ला भएको थियो । राती नौ बजे केही सेकेण्ड भुकम्पको धक्का महसुस गरिएको बेला सर्वसाधरणहरु डरले सडकमा निस्किएका थिए । त्यस्तै २०६८ सालमा यस्तै प्रकृतिको भुकम्पजादा पनि सर्वसाधरणहरु क्रसले सडका निस्किएका थिए ।
विराटनगरमा भुकम्प आईहाले कहा गएर बस्ने ? बेला वेला साना साना भुकम्पहरु आइरहेका छन् । तर ठुलै भुकम्प आए सर्वसाधरणलाई उद्धार गरी राख्ने सुरक्षित स्थान तोकिएको छैन विराटनगरमा । सम्भावित दुर्घटनालाई मध्य नजर गर्दै सुरक्षित स्थानको खोजी गरी पूर्व तयारी गर्नु पर्ने हो । तर विराटनगर उपमहानगरपालिका भित्र भुकम्प आई हाले उद्धार गरी राख्ने सुरक्षित स्थान नै छैन् ।
विकसित सहरमा सम्भावित जोखिमपछि बस्ने सुरक्षित स्थान तोकिएको हुन्छ । तर विराटनगरमा भुकम्प आई हालेको अवस्थामा सर्वसाधरणलाई उद्धार गरी राख्ने सुरक्षित स्थान तोकिएको छैन् ।
सम्भावित दुर्घटनालाई मध्य नजर गर्दै सुरक्षित स्थान तोकिनु पर्ने भएपनि विराटनगरमा नतोकिएको दैविक प्रकोप उद्धार समितिको प्रमुख एवं प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की बताउछन् । सुरक्षित स्थानको रुपमा खाली जमिन तोक्नु पर्ने भएपनि विराटनगरमा नतोकिएको उनले बताए । भुकम्प आई हाले सर्वसाधरणलाई उद्धार गरी राख्ने खाली जमिन खोज्नु पर्ने उनको भनाई छ ।
उनले भने ‘भुकम्पले धेरै क्षती नपुर्याएपनि पूर्व तयारी अपनाइएको छैन भने भुकम्पछिको अवस्थामा धेरै क्षति हुन्छ । सम्भावित जोखिमलाई मध्य नजर गर्दै सुरक्षित स्थान तत्कालै खाली जमिन खोज्छौ ।’
यस अघि सम्भावित दुर्घटनापछि कोशी अञ्चल अस्पतालमा मात्र उपचार केन्द्र तोकिएपनि अव भने विराटनगरमा निजी क्षेत्रबाट सञ्चालित १४ वटा अस्पतालहरुस“ग सहकार्य गरेर अघि बढिने उनले बताए । उनले थपे ‘पहिले जनस्ख्या कम थियो र सम्भावित दुर्घटनापछि उपचार केन्दै अञ्चल अस्पताल मात्र थियो अव भने निजी क्षेत्र स“गपनि सहकार्य गरेर अघि बढछौ ।’
बढदो अव्यवस्थित सहरीकरणले भुकम्पको बढि जोखिम रहेको उनि बताउछन् । विराटनगर भुकम्पको जोखिममा रहेकाले सम्भावित दुर्घटनाबाट क्षति कम गर्न सचेतना जगाउनु पर्ने उनको भनाई छ ।
यसै विच भुकम्प दिवसको अवसरमा विभिद कार्यक्रम गरिने भएको छ । दैविक प्रकोप उद्धार समितिले बिहिवार पत्रकार सम्मेलनगरी कार्यक्रमहरु सार्वजनिक गरेको छ । सरकारी र विभिन्न गैर सरकारी सस्थाहरु स“ग सहकार्य गरी कार्यक्रमहरु सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी कार्कीले बताए । उनले पुस २७ गते देखी माघ १ गते सम्म भुकम्प प्रतिरोधात्मक जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गरिने कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्