पूर्व बन्द !!

<span class='c1'>पूर्व बन्द</span> <span class='c2'>!!</span>

नयाँ संविधानमा पूर्वका नौ जिल्लालाई लिम्बुवान प्रदेश बनाउन माग गर्दै संघीय लिम्बुवान राज्य परिषदले पूर्व बन्दको आह्वान गरेको छ । पहिचानसहितको संघीयलिम्बूवान राज्य हुनुपर्ने मागका साथ दबबा दिन बन्द आह्वान गरेको जनाएको छ । बन्दका कारण ताप्लेजुङ, पाँचथर, इलाम, झापालगायत पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालन भएका छैनन् भने उद्योग कलकारखाना बन्द भएका छन् । समयमै संविधान निर्माणका लागि खबरदारी गर्न बन्द आह्वान गरिएको एमाओवादी इलामका जिल्ला इन्चार्ज धीरेन्द्र शर्मा रवणले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्