जिल्ला वन कार्यालय मोरङले जिल्लाका १८ स्थानमा नर्सरी लगाउने

जिल्ला वन कार्यालय मोरङले जिल्लाका १८ स्थानमा नर्सरी लगाउने

जिल्ला वन कार्यालय मोरङले जिल्लाका १८ स्थानमा नर्सरी लगाउने भएको छ । वन क्षेत्रको विकास गर्न जिल्ला वन कार्यालय मोरङले प्रोत्साहनमूलक कार्यक्रमअन्तर्गत नर्सरी लगाउने निर्णय गरेको होे ।
कार्यालयका अनुसार मोरङ क्षेत्र नं १ का वरडङ्गा र गोविन्दपुर, २ का अमरदह र हसन्दह, क्षेत्र नम्बर ३ का बाहुनी र रङ्गेली, ४ का दर्वेशा र अमाहीवरियाती, ५ का बुधनगर र भाथिगछ, ६ का भौँडाहा र बैजनजाथपुर, ७ का सिवनी बडहरा र डङ्ग्राहा, ८ का हरंंैचा र मिर्गाैलिया तथा ९ का सिंहदेवी र वारङ्गीमा नर्सरी राखी बिरुवा उत्पादन गरिने भएको् छ ।
वन संरक्षणका लागि अनुगमन र नियन्त्रणलाई तीव्रता दिइने, वनका काठ तस्करी रोक्न विभिन्न पक्षसँग समन्वय गरि कडाइका साथ प्रस्तुत हुने जिल्ला वन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्