हुलासले आफ्नो उत्पादन बन्द गर्यो

हुलासले आफ्नो उत्पादन बन्द गर्यो

 

दुई सय जना भए बेरोजगार

प्रेम देवान
विराटनगर २७ पुस । विगत १७ बर्षदेखी संचालन रहेको नेपालको एकमात्र मोटर कम्पनी हुलास मोटर्सले आफनो उत्पादन बन्द गरेको छ ।hulash kampani banda

विराटनगर १७ रानी स्थित रहेको हुलास प्रालिले आज पत्रकार सम्मेलन गरी आफ्नो उत्पादन सबै बन्द गरेको जानएको हो ।

हुलास मोटस कम्पनीका महाप्रबन्धक प्रफुल्लचन्द्र दासले युरोथ्री’ को मापदण्ड पुरा गर्न समय पर्याप्त नभएको भन्दै कम्पनीले उत्पादन गर्दै आएका मोटरहरु , मुस्ताङ म्याक्स’ र मुस्ताङ भी टु’ को उत्पादन पुर्ण रुपमा बन्द भएको पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

चर्को कर , बिदेशी मोटर्ससँग प्रतिस्पर्धा दक्ष कामदारको अभाव लगायत बिभिन्न आरोह अवरोहका बावजुद कम्पनीले मोटरहरु उत्पादन गर्दै आएको भएपनि पछिल्लो सयम सरकारी उदासिनताले गर्दा मोटर उत्पादन गर्न बन्द गर्न बाध्य भएको सो कम्पनीका प्रबन्ध निर्देशक सुरेन्द्र गोल्छाले बताउनुभयो ।

गोल्छाले सरकारबाट लागू गरेकोयूरो थ्रि मापदण्डको आफुहरुले स्वागत गरेपनि लागू गर्न समय पर्याप्त भएको र सरकारले थप गर्न नचाहेकोले आफुहरुले कम्पनीको उत्पादन पुर्ण रुपमा बन्द बताउनुभयो ।

चार करोड लगानीमा स्थापित भएको हुलास मोटर्स कम्पनी बन्द भएपछि त्यहाँ काम
गर्ने दुई सय जना जनशक्त्ति बेरोजगार भएका छन ।

पुर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न
भन्दै हुलास मोटर्सले उत्पादन गरेको मुस्ताङ म्याक्स जीप चढेपछि कम्पनीले
चौतर्फी चर्चा पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्