पुष २८ र माघ ५ गते हाम्रो बन्द : ३० दलिय मोर्चा

पुष २८ र माघ ५ गते हाम्रो बन्द : ३० दलिय मोर्चा

 

प्रेम देवान

विराटनगर २७ पुष ।
पहिचान सहितको संघियता हुनुपर्ने भन्दै सहमतिबाट संविधान निर्माणको मागbanda 30 daliya
गर्दै आएको तिस दलिय गठबन्दनले भोली मोरङमा बन्द आयोजना गर्ने जानकारी
दिएको छ ।

विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै गठबन्दनले भोली विहान देखि
बेलुका चार बजे सम्म थरुहट , थारुवान र मधेश अवध, मिथीला , भोजपुरा, र कोचिला शान्ति पुर्ण बन्द गर्ने जनाएको छ । गठबन्धनले बन्दका क्रममा एम्बुलेन्स,फोहोरको गाडी, दमकल, प्रेसको गाडी जस्ता अतिआवश्यक सवारी सञ्चालन गर्न दिने भएपनि बजार, कलकारखाना, शैक्षिक सस्था र यातायात बन्द गराउने ३० दलिय गठबन्दन का मोरङ संयोजक भक्तिनाथ माझिले जानकारी दिनुभयो ।

बन्दको पुर्व सन्ध्यामा आज साझ विराटनगर लगायत जिल्लाभरी राके जुलुस निकालीने संयोजक माझीले जानकारी दिनुभयो । साथै आगामी माघ ५ गते आमहटताल नेपाल बन्द गराउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्