लिम्बूवानको एक बन्दले आज पूर्वको जनजीवन प्रभावित

<span class='c1'>लिम्बूवानको एक बन्दले </span> <span class='c2'>आज पूर्वको जनजीवन प्रभावित</span>

 
विराटनगर २७ पुस । लिम्बूवान राज्यको माग गर्दै आएको संघीय लिम्बूवान राज्य परिषद्ले गरेको एक दिने बन्दको आव्हानले आज विहानैदेखि पूर्वको
जनजीवन प्रभावित भएको छ ।
परिषद्ले पहिचानसहितको संघीयता सहितको लिम्बूवान राज्य संविधानमा समावेश गरिनुपर्ने मागका लागि दवावस्वरूप एक दिनको वन्द गरेको छ ।
बन्दबाट मोरङ , सुनसरी , धनकुटा, ताप्लेजूङ्ग पाचथर, झापा, पूर्वका नौ जिल्लामा चल्ने लामो र छोटो दूरीका सवारी साधन नचल्दा जनजीवन प्रभावित बनेको छ । बन्दकले कलकारखाना, बजार, स्कूल बन्द भएका छन् । माघ ८ गते जारी हुने संविधानमा लिम्बूवानको मागलाई सम्बोधन गरिनु पर्ने परिषद्ले दवाव दिदै आई रहेको थियो ।

सरकारी अधिकारीले भनेका छन्, विरोध गर्न पाउने नैसर्गिक अधिकार भए पनि दिन बिराएर बन्द गरिनाले नागरिक जीवनमा थप जटिलता आएको छ ।
परिषद्ले शुक्रबार प्रत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्