सभासद्हरुलाइ एसएमएस पठाएर खवरदारी

<span class='c1'>सभासद्हरुलाइ एसएमएस</span> <span class='c2'>पठाएर खवरदारी</span>

समयमा नै संबिधान जारी गर्नु पर्ने भन्दै विराटनगरमा
महिलाहरुले खवरदारी गरेका छन् । हिंसामुक्त
जिवन र समानताका लागि महिलामैत्री संविधान , माघ ८ मै निर्माण गर्न माग गर्दै महिला अधिकारकर्मीहरुले मोरङका सभासद्हरुलाइ एसएमएस पठाएर खवरदारी गरेका हुन ।
महिला मावन अधिकार रक्षक संजाल मोरङले विरानगरको
जनआन्दोलन चौकमा महिलालाई एकैm ठाउँमा जम्मा पारेर एसएमएस पठाएर दवाव दिएका हुन। मोरङका सभासद्हरुलाइ तोकिएकै समयमा महिला मैत्री संविधान निर्माण गर्न दवाव दिंदै
समयमा नै संबिधान जारी गर्न खबरदारी गरेको हो । कार्यक्रममा कोकन, वपरडेक , सिविन लगायत जिल्लाका सबै महिला तथा बालबालिका अधिकारकर्मीहरुले सभासद्हरुलाइ खबरदारी गर्दै
एसएमएस पठाएका हुन् । उनिहरुले अमृत अर्याल, ऋषिकेश पोखरेल, शेखर कोइराला,शिवकुमार मण्डल, चण्डि राइ लगायत मोरङका २७ जना सभासद्हरुलाइ खबरदारी गर्दै एसएमएस पठाईएको कार्यक्रममा सहभागि कोकनकी क्षेत्रीय संयोजक मञ्जीता उपाध्यायले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्