मादक पर्दाथ सेवन गर्ने ९ सय भन्दावढी चालक अनुमतीपत्रमा प्वाल

<span class='c1'>मादक पर्दाथ सेवन गर्ने  ९</span> <span class='c2'>सय भन्दावढी चालक अनुमतीपत्रमा प्वाल</span>

जिल्ला ट्रफिक कार्यालय मोरंगले चालु आर्थीक वर्षको साउन महिना एता ९ सय भन्दावढी चालक अनुमतीपत्रमा प्वाल पारेको छ ।
मादक पर्दाथ सेवनगरी सवारी चलाउने लाइ चेकजाच गर्ने क्रममा फेला परेपछी ६ महिना एता ९ सय बढिको सवारी चालक अनुमतीपत्रमा प्वाल पारिएको कार्यालयले जनाएको छ । कार्वाहीवाट ९ लाखभन्दावढी राजश्व असुली भएको छ ।mapase
मादक पदार्थ सेबन गरेको भेटिएमा लायसेन्समा तिनवटा सम्म प्वाल पारिएको कार्यालयका प्रहरी निरिक्षक विजय श्रेष्ठले बताउनु भयो ।
अभियानलाइ प्रभावकारी बनाउन ट्रफिक प्रहरी कार्यालयले वेलुकी ४ वजेदेखी मादक पदार्थ सेवन चेकजाच समेत शुरु गरेको छ । दुर्घटना न्युनिकरण गर्न प्रहरीले मापसेमा कडाइ गरेको प्रहरी निरिक्षक श्रेष्ठले बताउनुभयो । विराटनगरमा ट्रफिक प्रहरीले मापसे चेकजाच शुरु गरेपछी दुर्घटनामा समेत कमी आएको प्रहरीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्