पार्टी गुटबन्दीका कारण अनेरास्ववियु मोरङको विवाद उत्कर्षमा

पार्टी गुटबन्दीका कारण अनेरास्ववियु मोरङको विवाद उत्कर्षमा

 

३० पुस विराटनगर, ÷पार्टी गुटबन्दीका कारण एमालेको भातृ संगठन अनेरास्ववियु मोरङको विवाद उत्कर्षमा पुगेको छ ।

विद्यार्थी संगठन अनेरास्ववियुको मोरङ जिल्लाका अधिवेशनको मिति तीन पटक तोकिएर स्थगित भई जिल्ला पार्टी कार्यालयलाई बाइपास गर्दै फेरि नयाँ जिल्ला सम्मेलन आयोजक कमिटी गठन भएपछि विवाद चुलिएको हो । ओली पक्षधरले विशेष भेला बोलाएर गोकर्ण घिमिरेको अध्यक्षतामा ४९ सदस्यीय कमिटी गठन गरेपछि त्यसलाई अस्वीकार गर्दै एमाले अध्यक्ष महेश रेग्मीले प्रक्रियालाई नै गलत भनेका छन् ।

एमाले मोरङले यो कमिटीलाई अवैधानिक भएको बताएपछि अखिलले आज विराटनगरमा पत्रकार सम्मेलन गरी रेग्मीले नै सम्मेलन गराउन पहल नगरेपछि नयाँ कमिटी बनाइएको जनाएको छ । महासचिव नविना लामाले पहिले बनाइएको कमिटीले सम्मेलन गर्न नसकेको बताउनु भयो ।उहाँले एमाले मोरङ अध्यक्षको ईसारामा भन्दापनि आफ्नो विद्यानमा अनेरास्ववियु चल्ने भएकाले गोकर्ण घिमिरे नेतृत्वको कार्यसमिति बनाइएको जानकारी दिनुभयो ।

उता एमाले मोरङ अध्यक्ष महेश रेग्मीले यो कार्यसमितिलाई अवैधानिक भन्नु भएको छ । यसअघि प्रेमराज भारतीको संयोजकत्वमा समिति बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्