युथ फर ब्लड क्रिकेटमा अर .बि .सि बिजयी

युथ फर ब्लड क्रिकेटमा अर .बि .सि बिजयी

DSC04369बिराटनगरमा सुरु भएको युथ फर ब्लड क्रिकेट सिरिजको पहिलो खेलामा  युथ फर ब्लडको अर .बि .सि टिम ७ विकेटले बिजय भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको डब्लु .बि .सि टिमले १२ .४ ओबरमा सबै विकेट गुमाइ ६३ रन बनाएको थियो , जस्मा अंकित दासले १७ र कप्तान गोबिन्द झाले १६ रन बनाएका थिए । डब्लु .बि .सि टिमलाई सस्तोमा समेट्नमा अर .बि . सि का कप्तान बिबेक दाहालले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए । ६४ रनको लक्ष्य पाएको अर बि सि ले ९ .४ ओबरमा ३ विकेट मात्र गुमाइ बिजय हासिल गेरेको थियो । जस्मा सबिन पोखरेलको सर्वाधिक २३ रन बनाए , त्यसै गरी कल्याण घिमिरेले १५ रन को योगदान दिए । डब्लु . बि .सि बाट उपकप्तान अंकित दास ले २ विकेट लिए । खेल को म्यान अफ दि म्याच अर .बि .सि का कप्तान बिबेक दाहाल घोषित भए । सिरिजको अर्को खेल माघ ६ गते खेलिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्