दश केजी चाँदी सहित मोरङमा एक व्यक्ति पक्राउ

<span class='c1'>दश केजी चाँदी सहित</span> <span class='c2'>मोरङमा एक व्यक्ति पक्राउ</span>

दश केजी चाँदी सहित मोरङमा एक व्यक्ति पक्राउ परेका छन् । विहान विराटनगर उपमहानगरपालिका– २१ का ३५ बर्षिय मुन्ना शर्मालाई प्रहरीले चादी सहित जतुवाको नहर छेउबाट पक्राउ गरेको हो ।
साइकलमा भारत तर्फ लैजाँदै गर्दा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कपडाको पटुका बाँधेर त्यसमा लुकाई लैजादै भारतीय सीमावर्ती बजार जोगवनी लैजादै गर्दा उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले घटनाका बिषयमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा शर्माले आफुलाई अपरिचित व्यक्तिले सिटि अस्पताल रोडसम्म पु¥र्यादिन भनेपछि लगेको बताएका छन् ।
उनले २ हजार रुपैयाँ पाउनेभएपछि चाँदी लगिदिएको बताएको प्रहरी नायब उपरिक्षक प्रभुप्रसाद ढकालले बताउनुभयो । उँहाले ‘थप अनुसन्धान भइरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्