गजलकार तारानाथ पोखरेलको सितारा गजलसंग्रह सार्वजनिक

गजलकार तारानाथ पोखरेलको सितारा गजलसंग्रह  सार्वजनिक

गजलकार तारानाथ पोखरेलको सितारा गजलसंग्रह आज एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
वाणी प्रकाशनले गरेको कार्यक्रममा भाषाशास्त्री बालकृष्ण पोखरेलले सितारा विमोचन गर्नुभएको हो । ७५ वर्षीय पोखरेलको पहिलो कृतिमा विभिन्न विषयवस्तुमा लेखिएका ६० वटा गजल सङ्ग्रहीत छन् । कार्यक्रममा साहित्यकार प्राज्ञ विवश पोखरेल,देवी पन्थी, हरि कट्टेललगायतले संग्रहमाथि टिप्पणी गनुर्भयो ।
विमोचनपछि गजलकार पोखरेलले यो कृति प्रकाशित गरेसँगै थप उर्जा मिलेको बताउनुभयो । कार्यक्रममा वाणी प्रकाशनका अध्यक्ष खेम नेपाली, गजलकार मधु पोखरेल, कवि मीनकुमार नवोदित, कवि करुणाकर थापालगायतले गजलसङ्ग्रहको बारेमा चर्चा गर्नुभयो ।
कार्यक्रममा भाषाशास्त्री बालकृष्ण पोखरेलले सिर्जनालाई उमेरले नछेक्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्