जुनियर जेसीजको अध्यक्षमा पंकज सापकोटा निर्विरोध

<span class='c1'>जुनियर जेसीजको अध्यक्षमा</span> <span class='c2'>पंकज सापकोटा निर्विरोध</span>

विराटनगर जुनियर जेसीजको वर्ष २०१५ को अध्यक्षमा पंकज सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यकारणी उपाध्यक्षमा अभिनाश थापा र चन्दन कर्ण, तालिम निर्देशकमा सनम घिमिरे चयन हुनुभएको छ । कानुनी सल्लाहकारमा सुजन कोईराला, महासचिवमा दीपा ओडारी चयन हुनुभएको छ । उपाध्यक्षहरुमा लक्ष्मी थापा, मिलाप कर्ण र परिशेषराज श्रेष्ठ, कोषाध्यक्षमा सनराईज चौधरी, जनसम्पर्क अधिकारीमा पुष्कर दाहाल र सह सचिवमा ओम प्रकाश कोईराला निर्वाचित हुनुभएको छ ।
विराटनगर जुनियर जेसीजका संस्थापक अध्यक्ष सन्देशदाश श्रेष्ठ, नेपाल जेसीजका भुतपूर्व अध्यक्ष फुलकुमार लालवानी, विराटनगर जेसीजका वर्ष २०१४ का अध्यक्ष जेसी टि. पी. आचार्य, २०१५ का निर्वाचित अध्यक्ष जेसी ताराबहादुर थापा लगायतले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्