मापदण्ड विपरित निर्माण गरिएका भवन स्विकृत गराउन दौडधुप

मापदण्ड विपरित निर्माण गरिएका भवन स्विकृत  गराउन दौडधुप

हरि अधिकारी
विराटनगर ÷ अस्पतालको भवन निर्माण गर्नुअघि सञ्चालकले अस्पताल भवन कस्तो बनाउने हो भनेर स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिनु पर्छ । तर, विराटनगरमा निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरूले आपू अनुकूल भवन निर्माण गरी नक्सा पास गराउन दौडधुप गरिरहेका छन् ।
भवन निर्माण आचारसंहिता प्रयोग नगरी आपू अनुकूल भवन निर्माण गरेका अस्पतालहरू भवनको नक्सा पास गराउन लागि परेको स्रोतले जनाएको छ ।
भवन पास नै नगरी नया“ भवन निर्माण गरेका अस्पतालहरू मादण्ड अनुरूपकै भवन बनाउन दौडधुप गर्दै आएका हुन् । स्वास्थ्य मन्त्रालयबाट भवनको स्वीकृति गराउन मोरङमा सञ्चालित अधिकांश अस्पतालहरू लागि परेका छन् । सहरी तथा भवन निर्माण डिभिजन कार्यालय विराटनगरका अनुसार भवन निर्माणपछि भवनको स्वीकृति गराउन भन्दै निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरू क्रियाशिल भएका हुन् । भवन निर्माण गर्दा शहरी तथा भवन निर्माण डिभिजन कार्यालय स“ग समन्वय गरेर निर्माण गरिनु पर्ने भएपनि आफुखुसी भवन निर्माण गरेका अस्पतालहरू भवन पास गराउन दौडधुप गर्दै आएको बताइएको छ ।
अस्पतालको भवन पास गराउन भन्दै डिभिजन कार्यालयबाट फारमभरी सुरक्षा अस्पताल, नोवेल अस्पताल, गोल्डेन हस्पिटल,ग्रिनक्रस हस्पिटल, विराटनगर अस्पताल, मोरङ सहकारी अस्पताल, आरके चिल्डन हस्पिटल, तापडिया अस्पताल, अवोध नारायण मेमोरीयल क्लिनिक भवन पास गराउन भन्दै धुप गरी रहेका छन् ।
स्वास्थ्य मन्त्रालयबाट अस्पतालको भवन पास गराउनकालागि निजी अस्पतालका सञ्चालकहरू लागि परेका हुन् । अस्पतालको भवन निर्माण अघि नै नक्साको स्वइकृती लिनु पर्ने भएपनि भवन निर्माण गरेपछिमात्र अस्पतालहरू स्वइकृती लिन लागि परेका हुन् ।
डिभिजन कार्यालयका सुचना अधिकृत पूर्णराज कार्कीले निर्माण अघि नै कार्यलय स“ग समन्वय गरेर विल्डिङ कोड’ लागु गर्नु पर्ने भएपनि अधिकासं अस्पतालहरू भवन निर्माणपछि मात्र नक्सा पास गराउन आउने गरेको बताए ।
विराटनगरमा सञ्चालित न्युरो अस्पताललले नया भवन निर्माण गरेपनि भवन पास नै नगरेको स्रोतले बताएको छ । त्यस्तै सप्तकोशी हस्पिटल, हाम्रो अस्पताल, श्री हस्पिटलले अस्पतालको भवन पास गराउन फर्म नलगेको डिभिजन कार्यालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयबाट भवन स्वइकृत गराउन भवन निर्माण तथा सहरी डिभिजन कार्यालयबाट सिफारिस लिएर जानु पर्ने बताइएको छ । विल्डिङ कोड अनुसार भवन निर्माण भए नभएको जाच गरेरमात्र कार्यालयले सिफारिस दिने गरेको सुचना अधिकृत कार्कीले बताए ।
भवन उपयुक्त नभए मन्त्रालयले दिने सेवा सुविधा कटौती हुनै भन्दै अधिकासं अस्पतालहरू भवन स्वइकृत गराउन लागि परेका हुन् ।
सामान्य घर भाडामा लिएर सञ्चालित अस्पतालहरू भवन कोड लागु गर्न भन्दै दौडधुपमा लागि रहेको स्रोतले बताएको छ ।
त्यस्तै विराटनगर बाहिरका यस्तै पथरी अस्पताल, हागिहाट अस्पताल, विजयपुर अस्पताल धरान, खनार नमुना हस्पिटल, सुकुना अस्पताल, एपेक्स अस्पताल भवन स्वइकृत गराउन लागि परेका हुन् । मापदण्ड पुरा नगरी भवन संहिता बमोजिम नक्सा स्वीकृत गरे नगरेको सम्बन्धमा शहरी विकास
कार्यालयले आवश्यक जाँचबुझ गरी कसैले ऐन बमोजिम नक्सा स्वीकृत नगराई वा त्यस्तो स्वीकृत नक्सा वा भवन संहितामा उल्लिखित मापदण्ड विपरीत भवन निर्माण गरे भवन ऐन २०५५ अनुसार भवन भत्काउन वा त्यस्तो कार्य गर्ने व्यक्ति वा संस्थालाई पचास हजार रूपैयाँसम्म जरिबाना गर्न सक्नेछ कानुनी व्यावस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्