“राजनैतिक दवाबमा कहिले काम गर्दिन” -मोरङ प्रहरी प्रमुख

“राजनैतिक दवाबमा कहिले काम गर्दिन” -मोरङ प्रहरी प्रमुख

मोरङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक तारीणीप्रसाद लम्सालले राजनैतिक दवाबमा कहिले काम नगर्ने बताउनु भएको छ । केही दिन अघि सरुवा भएर अउनुभएका उहाँले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले दवाब आए नझुक्ने बताउनुभयो । उहाँले मोरङ छोडेर जान तयार हुने तर कुनै दवाब नस्विकार्ने बताउनुभयो ।
मोरङको मुख्यतया सिमा क्षेत्रमा हुने अपराधिक गतिविधी तथा आन्तरिक शुद्धिकरण आबस्यक रहेको बताउनुभयो । उहाँले खुल्ला सिमाको कारण हुने सक्ने जोखिम बारे प्रहरी सचेत रहेको उहाँको भनाई छ ।
पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफ्नो कार्यकालमा प्रहरी सासक नभई जनताको सेवक हो भन्ने प्रमाणित गर्ने समेत दाबी गर्नु भयो ।
मोरङ प्रहरीले अब इन्टरनेट बाट समेत उजुरी दिने व्यबस्था गर्ने उहाँको भनाई छ । यस्तै जिल्ला प्रहरी कार्यालयले आधिकारी फेसबुक पेज समेत संचालन गर्ने प्रहरी उपरिक्षक लम्सालले बताउनुभयो ।
................

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्