पुर्वमा यो बर्ष ८सय २४ जना नयाँ कुष्ट रोगी फेला

<span class='c1'>पुर्वमा यो बर्ष ८सय २४</span> <span class='c2'>जना नयाँ कुष्ट रोगी फेला</span>

पुर्वमा यो बर्ष ८सय २४ जना नयाँ कुष्ट रोगी फेला परेका छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार नयाँ फेला परेका ८ सय २४ जना मध्ये २सय८८ जना महिला रहेका छन् ।
यो आर्थिक बर्ष २०७१, ७२ को अहिलेसम्म उपचाररत कुष्ठरोगीको संख्या भने ७सय ९१ जना रहेको निर्देशनालयका क्षय कुष्ट अधिकृत धु्रव उराउले बताउनुभयो ।
पुर्वमा कुष्ठरोगको प्रकोप दर एकलाख जनामा ९३ जना रहेको उहाँको भनाई छ । कार्यालयको तथ्यांक अनुसार कुष्ठ रोगको कारण ३६ जना भने अंगभगं हुने अबस्थामा रहेका छन् ।
६२ औँ कुष्ठरोग दिवसको अबसरमा आज विराटनगरमा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ कोशी अंचल अस्पताल विराटनगर तथा एन एल आर विराटनगरले आयोजना गरेको कार्यक्रममा ५ जनालाई ह्वीलचियर वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्