मिल्सएरियामा त्रिदिवसिय नौ कुण्डि गायत्री महायज्ञ तथा ध्यानयोग शिविर संचालन हुने

मिल्सएरियामा त्रिदिवसिय नौ कुण्डि गायत्री महायज्ञ तथा ध्यानयोग शिविर संचालन हुने

विराटनगर–२० स्थित मिल्सएरियामा त्रिदिवसिय नौ कुण्डि गायत्री महायज्ञ तथा ध्यानयोग शिविर संचालन हुने भएको छ ।
अखिल विश्व गायत्री परिवारको आयोजनामा दुर्गा मन्दिरको प्रागणमा माघ–१६ गतेदेखी तिनदिन सम्म महायज्ञ संचालनहुन लागेको हो ।
महायज्ञ आयोजक समितिले विराटनगरमा आज पत्रकार सम्मेलनगरी सो कुराको जानकारी गराएरको हो ।
आध्यात्मिक, नैतिक तथा सामाजिक तथा धार्मिक सद्धभावलाइ वृद्धिगर्न माहायज्ञ प्रारम्भगर्न लागिएको समितिका संयोजक भोगेन्द्र यादवले बताउनुभयो ।
महायज्ञमा युग संगित प्रवचन , हवन यज्ञ, दिप महायज्ञ,योग शिविर तथा मुण्डन, नामाकरण, विवाह व्रतवन्ध लागायतका धार्मिक कार्यक्रम समेत निशुल्क रुपमा हुने बताइएको छ ।
माहायज्ञमा भारतको हरिद्धारवाट ११ जना गुरु सहभागी हुने तथा कार्यक्रममा १० हजार भन्दावढिको सहभागिता रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्