हिसान फुटबलकोे उपाधि रेडस्टारलाई

हिसान फुटबलकोे उपाधि रेडस्टारलाई

उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान मोरङ) को आयोजनामा छैटौ हिसान स्पोर्टस विक २०७१ प्रतियोगिताको मंगलबार सम्पन्न फुटबलकोे उपाधि रेडस्टारले जितेको छ ।
त्यैगगरी भलिबलतर्फ छात्रमा अन्नपुर्ण तथा छात्रातर्फ रेडस्टार जितेको छ ।
शहिद मैदानमा भएको फुटबलको फाइनल खेलमा रेटस्टार उमावि पथरीले सिटी उमाविलाई १–० को गोल अन्तरले पराजित गरीे उपाधि हात पारेको छ । रेडस्टारका यमकुमार लिम्बुले गोल गरेका थिए । खेलको म्यान अफ द फाईनलरेटस्टार यमकुमार लिम्बु घोषित भए ।
त्यैसैगरी भलिबलतर्फ छात्रमा अन्नपुर्ण उमावि पथरीले अरनिको उमाविलाई २५–१२,२९–२७ र २९–२० को सोझो सेटले पराजित गरीे उपाधि हात पारेको छ । खेलको म्यान अफ द फाईनल अन्नपुर्णका नितेश निमेश धिमाल घोषित भए । त्यस्तै छात्रातर्पm रेटस्टार उमावि पथरीले लर्डबुद्ध उमाविलाई ११–२५,२५–२१, ६–२५ र १४–२५ को सेटले पराजित गरीे उपाधि हात पारेको छ । खेलको म्यान अफ द फाईनलरेटस्टारकी संगिता तामाङ घोषित भईन् ।
विजयी तथा अन्य खेलाडिलाई हिसालका केन्द्रिय उपाध्यक्ष्य भषराज पोखरेल,केन्द्रिय सचिवद्धय बुद्धि पुडासैनि,नवराज पाण्डे तथा केन्द्रिय सदस्यद्धय शंकर भट्टराई र गंगा चौलागाईले पुरस्कार तथा ट्रफ्रि वितरण गरेका थिए ।
समापन कार्यक्रममा पूर्वाञ्चल फुटबल संघका अध्यक्ष सन्तोष वानियाँलाई सम्मान गरेको छ । त्यस्तै प्रतियोगिताभरी उत्कृष्ट समाचार संम्प्रेषण गरेबापत नागरीक दैनिकका पत्रकार चुमन बस्नेतलाई पनि सम्मान गरीएको थिथो । माघ ६ गतदेखि सञ्चालन भएको प्रतियोगितामा मोरङका २७ उमाविबाट १२ सय ५ खेलाडीहरु सहभागिता रहेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्