सत्तारुढ र बिपक्षी दलहरु आज आन्तरिक छलफलमा जुट्दै

सत्तारुढ र बिपक्षी दलहरु आज आन्तरिक छलफलमा जुट्दै

बार्ता र छलफलबाट टाढिएका सत्तारुढ र बिपक्षी दलहरु आज आन्तरिक छलफलमा जुट्दैछन । संबिधान निर्माण प्रक्रियामा प्रवेश गरेसंगै सरकार, सत्तारुढ दल र सभाअध्यक्षसंग बार्तामा नबस्ने अडान लिएको बिपक्षी मोर्चा थप रणनीति बनाउन आन्तरिक छफलमा जुट्दैछ ।
त्यस्तै बार्ता र छलफलका लागि बिपक्षी मोर्चालाई पुन आह्वान गरेको सत्तारुढ कांग्रेस, एमाले लगायतका दलहरु कसरी अघि बढ्ने भन्ने बिषयलाई लिएर आज आन्तरिक तथा द्धिपक्षीय छलफलमा बस्ने नेताहरुले बताएका छन ।
स्रोतका अनुसार सरकारको नेतृत्व गरिरहेको कांग्रेस नेतासहित केही पदाधिकारीहरुको बैठक आज बालुवाटारमा बस्दैछ । त्यस्तै एमाले पनि आन्तरिक छलफलमा ब्यस्त रहने भएको छ ।
सत्तारुढ दलले बिपक्षी मोर्चासंग बार्ताको पहलकदमी लिने जिम्मेवारी प्रधानमन्त्री सुशिल कोइरालालाई दिएका छन् ।
...............

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्