संविधान लेखन प्रक्रियाले नेपालका राजनीतिक दलहरुबीच धु्रविकरण बढिरहेको बेला संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा आज नेपालको विकसित राजनीतिक घट्नाक्रमबारे ब्रिफिङ हुँदैछ । केही दिन अघि नेपाल भ्रमणमा आउनुभएका राष्ट्रसंघका राजनीतिक उपहासचिव जेफ्री फेल्टम्यानले सुरक्षा परिषदमा नेपालबारे जानकारी गराउने बताइएको छ । अमेरिकाको न्युयोर्कमा आएको भिषण हिमपातले सुरक्षा परिषदको हिजोको वैठक भने स्थगित भएको थियो । बैठकमा मध्यपुर्वमा जारी तनाव र राष्ट्रसंघिय सुरक्षा योजनाको कार्यान्वयन सम्बन्धी महासचिव बान की मुनको प्रतिवेदन पेश गर्ने र अन्य विषयमा नेपाल मामिलामा छलफल गर्ने एजेण्डा तय भएको छ ।
राष्ट्रसंघमा नेपालको परिस्थतीबारे ब्रिफिङ हुने पुर्व सन्ध्यामा हिजो नेपालस्थित राष्ट्रसंघका पाँच स्थायी सदस्य राष्ट्र र भारतका राजदुतहरुले सामुहिक परामर्श गरेका छन् ।