प्रहरी कार्यालय बिराटनगरद्वारा चेतनामुलक कक्षा सञ्चालन

<span class='c1'>प्रहरी कार्यालय बिराटनगरद्वारा</span> <span class='c2'>चेतनामुलक कक्षा सञ्चालन</span>

पूर्वक्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले प्रहरी नागरिक हातेमालो  कार्यक्रम अन्तर्गत आज बिराटनगर १३ स्थित कोशी बिधा मंदिर बोर्डिङ स्कुलमा एक चेतनामुलक कक्षा सञ्चालन गरेको छ ।
पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी बिराटनगरका प्रहरी निरीक्षक लक्ष्मी भण्डारी, प्रहरी नायव निरीक्षक संजय न्यौपाने, शान्तिदूत ओम राज पौडेल, हेमराज दाहाल लगायतकाको टोलीले स्कुलको कक्षा ८ मा अध्ययनरत ५४ जना छात्ररछात्राहरुलाई चेतनामुलक प्रशिक्षण दिनु भएको हो ।
बिधार्थीहरुलाई सवारी दुर्घटना न्युनीकरण, लागुऔषध, मानवअधिकारको संरक्षण, अपराध अनुसन्धान, घरेलुहिंसा र सामुदायिक प्रहरीको बारेमा चेतनामुलक प्रशिक्षण दिईएको छ । समाजमा फैलिएका बिकृति बिसंगतिलाई नियन्त्रण गर्न बिधार्थी मार्फत चेतना बिस्तार गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्