विराटनगर – १४ मा रहेको आर्किड उच्च माविले कक्षा ११ उत्तिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
उच्च माविले आज विराटनगरमा एक कार्यक्रम विज्ञान संकायमा उत्तिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
उच्च माविका कवित लाभले ८८ प्रतिशत अंक ल्याएर बोर्ड तेस्रो भएका छन् । उच्च माविले लाभसँगै सम्पूर्ण उत्तिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरेको थियो । उत्तिर्ण हुने विद्यार्थीहरुलाई हिसान मोरङका अध्यक्ष बलराम पन्त, उच्च माविका अध्यक्ष सिएम रिजाल, कलेजका प्रिन्सिपल दिपेश बास्तोला र कलेजका पूर्व प्रिन्सिपल अमित ढकाललागयतले सम्मान गरेका थिए ।