निःशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले गृहकार्य थालेको छ । विमा कार्यक्रमलाई व्यवस्थित गर्न अहिले ऐन बनाउने तयारी भैरहेको मन्त्रालयका सहसचिव केदारबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार देशका ३ जिल्लामा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्न कार्यालय स्थापना भैसकेको छ भने विमा कार्यक्रमलाई एकरुपता दिन सफ्टवेयरको व्यवस्था पनि गरिसकिएको छ ।
मन्त्रालयले ल्याएको विमा कार्यक्रममा ५ जनासम्मको परिवारले वार्षिक २५ सय रुपैंया बुझाए उनीहरुलाई वर्षमा ५० हजार रुपैंयासम्मको उपचार निःशुल्क गर्ने व्यवस्था छ । ५ जना भन्दा धेरै सदस्य भएमा प्रति सदस्य ५ सय रुपैयाँका दरले विमा गर्नुपर्ने भने ३ जनाको परिवारले पनि वार्षिक ५ जनाकै परिवार सरह २५ सय रुपैंया बुझाउनुपर्ने हुन्छ ।