भ्यालेन्टाइन डेको लागि भारतबाट डेढलाख गुलाब ल्याइँदै 

<span class='c1'>भ्यालेन्टाइन डेको लागि भारतबाट</span> <span class='c2'>डेढलाख गुलाब ल्याइँदै </span>

यस वर्ष पनि प्रणय दिवस भ्यालेन्टाइन डे का लागि भारतबाट प्रेमको प्रतीक मानिने रातो गुलाबको फूल करिब एक लाख ५० हजारवटा ल्याइने भएको छ । पछिल्लो समयमा नेपालमा पनि यस दिवसलाई ठूलो महत्वका साथ लिँदै आइएको छ । हरेक वर्ष यो दिवस मनाउने मानिसको सङ्ख्या बढ्दै गएकाले स्वदेशमा उत्पादन बढेको भए पनि आयात गर्नुपरेको फ्लोरीकल्चर एसोसिएसनका उपाध्यक्ष कुमार कसजुले बताए ।

उनका अनुसार गत वर्ष यस दिवसका लागि स्वदेशको उत्पादन र विदेशबाट आयात गरेको गरी दुई लाखवटा रातो गुलाब खपत भएको थियो । खपत भएकामध्ये एक लाखवटा स्वदेशको उत्पादन हो भने अरु बाहिरबाट ल्याइएका हुन् ।

यस वर्ष १५ प्रतिशतले माग बढेकाले एक लाख ५० हजारवटा बाहिरबाट ल्याउने तयारी रहेको छ । यस वर्षका लागि स्वदेशबाट पनि एक लाखभन्दा बढी सङ्ख्यामा गुलावको फूलको कारोबार गरिनेछ ।

प्रेमको प्रतीकका रुपमा रहेको रातो गुलाबको फूल काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला र तराईका केही जिल्लामा व्यावसायिक रुपमा खेती हुँदै आएको छ ।

एसोसिएसनका अनुसार गत वर्ष प्रतिगोटा फूल ५० देखि रु ६० मा बिक्री गरिएको थियो । यस वर्ष पनि त्यही अनुपातमा नै कारोबार हुनेछ ।

केही समयअघि सहरी क्षेत्रमा मात्र मनाइने यो दिवस अहिले ग्रामीण भेगका मानिसले पनि महत्वका साथ लिने गरेका छन् । यो दिवस हरेक वर्ष फेब्रुअरी १४ तारिखमा मनाइने गरिन्छ । उक्त दिन उपहारका रुपमा यो फूलको प्रयोग गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्