राष्ट्रपति डाक्टर रामवरण यादव र अन्तर्राष्ट्रिय रेडक्रस सोसाईटी अध्यक्ष टाडाटेरु कोलोई बिच आज भेटबार्ता

राष्ट्रपति डाक्टर रामवरण यादव र अन्तर्राष्ट्रिय रेडक्रस सोसाईटी अध्यक्ष टाडाटेरु कोलोई बिच आज भेटबार्ता

राष्ट्रपति डाक्टर रामवरण यादव र अन्तर्राष्ट्रिय रेडक्रस सोसाईटी तथा रेडक्रस क्रिसेन्ट सोसाइटी महासंघका अध्यक्ष टाडाटेरु कोलोई बिच आज भेटबार्ता भएको छ । शितल निवासमा भएको भेटमा कोलोइले नेपालमा विपत् पर्दा जोगिने उपायबारे भइरहेको तयारी र कार्ययोजनाबारे चासो व्यक्त गर्नुभएको थियो । कोलोइले नेपाललाई प्राकृतिक प्रकोप र विपत् व्यवस्थापनमा भइरहेको सहयोगलाई निरन्तरता दिने वचन दिनुभएको छ । नेपाल रेडक्रस सोसाईटीको निम्तोमा नेपालको तीन दिने भ्रमणमा आउनुभएको कोलोईले विपत व्यवस्थापनका लागि नेपालको भावी योजनालाई आर्थिक तथा प्राविधिक सहयोग उपलव्ध गराउने घोषणा पनि गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्