सुवास घिसिङको पार्थिव शरीर आज दिल्लीबाट दार्जीलिङ ल्याईदै

<span class='c1'>सुवास घिसिङको पार्थिव शरीर</span> <span class='c2'>आज दिल्लीबाट दार्जीलिङ ल्याईदै</span>

दार्जीलिङको गोर्खाल्याण्ड आन्दोलनका अगुवा सुवास घिसिङको पार्थिव शरीर आज दिल्लीबाट दार्जीलिङ ल्याईदै छ । भोली दार्जीलिङमा उहाँको अन्त्येष्टि गरिनेछ । मृगौला, पेट र मुटुरोगबाट ग्रसित ७९ वर्षीय घिसिङको दिल्लीस्थित गंगाराम अस्पतालमा उपचारका क्रममा हिजो निधन भएको हो । घिसिङले अलग गोर्खाल्याण्ड राज्यको माग गर्दै आन्दोलन शुरु गर्नुभएको थियो । भारतको पश्चिम बंगाल राज्यको दार्जीलिङ जिल्लामा बसोबास गर्ने बहुसंख्यक गोरखा जातिमा पृथक गोर्खाल्याण्डको मागले व्यापक प्रभाव पारेको थियो । विस्तारै यो आन्दोलन तीब्र हुँदै गएपछि दार्जीलिङले अर्ध स्वायत्त अधिकार पाएको थियो ।
आन्दोलनमा १२ सय मानिसको ज्यान गएको थियो । पछि पश्चिम बंगालभित्रै गोरखा पार्वत्य परिषदको स्थापना भएपछि यो आन्दोलनको अस्थायीरुपमा समाधान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्