विराटनगर, विकास निर्माणका काममा विराटनगर उपमहानगरपालिकाका कर्मचारी कति सम्म गैर जिम्मेवार रहेछन भन्ने रहस्य थाहा पाउन विराटनगर–२० दरैया बस्तीमा बनेको खानेपानी टयाङकी हेरे पुग्छ । विराटनगरका कर्मचारीको गैर जिम्मेवारीका कारण १८ लाख लागतमा निर्माण गरिएको पानीटयाङकी प्रयोगमा आएको छैन् । उपमहानगरपालिकाको डिजाइनिङमा बनेको टयाङकी उदघाटनकै दिन ओभरलोड भएर बाङगियो ।
विराटनगर उपमहानगरपालिकाका कर्मचारी पुनम दाहाल र इन्जिनीयर उमेश ओझाको निगरानीमा १८ लाख रुपैया बजेट खर्च गरेर निर्माण गरेको खानेपानी टयाङकी उदघाटनकै दिन ओभरलोड भएर बाङगिएको हो ।
तिन बर्ष अघि उपमहानगरपालिकाले १८ लाख रुपैया लगतमा निर्माण गरेको खानेपानी टयाङकी उदघाटन तयारी गर्दा गर्दै गत बर्ष असोज १ गते टयाङकी बाङगिएको थियो । तत्कालिन उपभोक्ता समितिका सचिव राजेन्द्र कामतले भने ‘ उदघाटनका दिन अतिथीहरु भेला भएका थिए । पानी भरेर मात्र उदघाटन गर्ने भनेपछि पानी भर्न सुरु गरियो । पानी भर्न थालेपछि टयाङकी नै को जग नै बाङगियो ।’
फलामाको रडहरु लगाएर निर्माण गरिएको २० हजार लिटरको टयाङकी उदघाटनकै दिन बाङगिएपछि हाल अलपत्र अवस्थामा छ । १८ लाख रुपैया बजेट छुटयाएर ट्याङकी निर्माण गरिएपनि उदघाटनकै दिन जग बाङगिएपछि उदघाटन नै रोकिएको थियो ।
फलामको रडलगाएर करिवत २० मिटर उचाईमा दुई एक हजार लिटरका दुईवटा टयाङकीबाट उपभोक्तालाई खानेपानी वितरण गर्ने योजना अनुसार तिनबर्ष अघि निर्माण गरिएको थियो । दरैया बस्तीका दुईवटा आर्य र कोलहर टोलका बासिन्दालाई खानेपानि वितरण गर्ने योजना अनुसार निर्माण सुरु गरिएपनि इन्जिनीयरको लाप्रवाहीका कारण खानेपानी टयाङकी उदघाटनकै दिन लोड थाम्न नसकेर बाङगिएको थियो ।
उपभोक्ता समितिका सचिव कामतका अनुसार फलामको रड लगाएर निर्माण गरिएको टयाङकी जग दरिलो नभएका कारण बाङगिएको बताए । उनले भने ‘ उदघाटन गर्न भन्दै सवै भेला भएका थिए । फलाम नै बाङगिएपछि उदघाटन पनि भएन सञ्चालनमापनि आएन् ।’
ओभरलोड भएर बाङगिएको टयाङकी केही समयपछि रडलगाएर सोभ्mयाएपनि पानी सञ्चालन हुने अवस्था नरहेको उनले बताए ।
पानी टयाङकी निर्माणका क्रममा लाप्रवाही गरेका कारणले उपभोक्ताले पानी पिउन नपाएको उपभोक्ता वादी सस्था पव्लिक फोरमका अध्यक्ष उत्तम ढुङगेलको बताए । उनले भने ‘ टयाङकी निर्माणमा नै खेलाची गरिएको छ । निर्माणका क्रममा आर्थिक चलखेल भएका कारण उपभोक्ताले पानी नपाएका हुन् ।
अख्तियारले विराटनगर उपमहानगरपालिकाले गरेको काम कारवाहीमा चासो नदिएको उनको गुनासो छ ।
गत बर्ष उदघाटन गर्ने तयारी गर्दा बाङगिएको टयाङकी मर्मतकालागि आर्थिक बर्ष तिन लाख रुपैया निकासा गर्ने तयारी उपमहानगरपालिकाले गरेको बुझिएको छ । उपमहानगरपालिकाका पुनम दाहालले टयाङकी मर्मत र पानी सञ्चालनकालागि यस बर्ष बजेट छुटयाइएको जानकारी दिए ।
टयाङकी निर्माणको बारेमा जारकारी गराउन आग्रह गर्दा पुरानो हो भन्दै उनले प्राविधिक त्रुटी भएका कारण पुन निर्माणकालागि यस बर्ष बजेट निकास गर्न लागिएको बताए । उनले भने ‘ दरैया खानेपानीकै लागि भनेर यती बजेट भनेर छुटयाइएको छैन् । खानेपानिमा छुटयाइएको केही बजेट खर्च गर्छाै ।’
स्थानीयले उदघाटन तयारी गर्दा टयाङकी बाङगिएको बताएपनि दाहालले उदघाटको तयारी नगरिएको बताए । उनले प्राविधिक त्रुटि भएका कारण सुधार गर्ने तयारी भएको बताए ।
पानी खाने आसमा बसेका सर्वसाधारण पानी भन्डारण गर्ने टयाङकी नै बाङगिएपछि निरास भएको स्थानीय जामुन दासले गुनासो गरे ।
फलामको प्रयोगबाट बनाइएको टयाङकी र बाङकिएको टयाङकी सोझो बनाउन प्रयोग गरिएका बास ।