विराटनगर विद्युत प्राधिकरणको काम कारवाहीमा ढिला सुस्ती हुने गरेको सेवाग्राहीको गुनासो

विराटनगर विद्युत प्राधिकरणको काम कारवाहीमा ढिला सुस्ती हुने गरेको सेवाग्राहीको गुनासो

विराटनगरमा रहेको विद्युत प्राधिकरणको साखा कार्यालयको काम कारवाहीमा ढिला सुस्ती हुने गरेको सेवाग्राहीहरुले बताएका छन् । सेवाग्राहीलाई सजर छिटो सेवा दिनु पर्ने भएपनि कर्मचारीहरुले ढिला सुस्ती गर्ने गरेको उपभोक्ताहरुले गुनासो गरेका हुन् ।

बुधवार नागरिक सरोकार मञ्च र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको गुनासो सुन्ने ‘मोवाइल एलाक कार्यक्रममा’ सेवाग्राहीहरुले यस्तो गुनासो गरेका हुन् ।

उपभोक्ताहरुले कर्मचारीले काममा जिम्मेवारी बहन नगर्दा हैरानी खेप्नु परेको सेवाग्राहीहरुले बताए ।

सो क्रममा ३५ वटा गुनासाहरु संकलन गरिएका थिए । सेवाग्राहीहरुको गुनासाहरुले सेडुल बिनाको लोड सेडिङ हुदा हैरानी व्यहोर्नु परेको, अनियन्त्रीत बिद्युत चोरी, सरकारी कार्यालयहरुबाटै लापरवाही पुर्ण बिद्युत शक्तिको प्रयोग गरेको बताएका थिए ।

बिद्युतको भोल्टेज घटबढ हुदा नागरिकहरुका घरायसी उपकरणहरुमा पारेको क्षति भएको बताएका थिए ।

एलाक डीपी कार्यक्रमका कार्यक्रम अधिकृत किशोर चन्द्र उपाध्यायले विद्युत शुल्क तिर्दा खुजरा रकमलाई अर्को महिनाको शुल्कमा समायोजन गर्ने ब्यवस्था, बिद्युत सेवा शुल्क तिर्न कम्युटर प्रणालीका प्रयोगले केही प्रविधी भित्रिएपनि सेवा भने छिटो नहुने बताए ।

उननले सेवामा सुधार गर्न भन्दै प्राधिकरणका प्रमुख नवराज सुबेदी लाई उक्त गुनासाहरुको बारेमा ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्