जन्ती बस दुर्घटना

जन्ती बस दुर्घटना

दोलखाको मिर्गेमा जन्ती बस दुर्घटना हुदा एक जना बालिकाको मृत्युभएको छ । रामेछापको बेतालीबाट दोलखाको मिर्गेका लागि जन्ती लिएर छुटेको बा २ ख ६५७९ नम्बरको बस मिर्गे–२ मा दुर्घटना भएको हो ।

दुर्घटनामा बेबातीकी चार वर्षकी बालिका कृतिका खड्काको मृत्युभएको प्रहरिले जनाएको छ । दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको दोलखा सदरमुकाम चरिकोटको छोरोल्पा अस्पतालमा उपचार भैरहेको छ । कच्चि बाटोमा ओभरलोडका कारण बस दुर्घटनाग्रस्त भएको प्रहरी सहायक निरीक्षक विरबहादुर कार्कीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्