माघ ८ गते नै सविधान जारी हुने : खनाल

माघ ८ गते नै सविधान जारी हुने : खनाल

प्रेम देवान
विराटनगर,१८ पुस
नेकपा (एमाले)का वरिष्ठ नेता एंव पुर्व प्रधानमन्त्री झलनाथ खनालले सहमती नभए प्रक्रियामा गएर भएपनी निर्धारित मितिमै संविधान जारी हुने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा शुत्रबार संञ्चारकर्मीसँग कुराकानी गर्दे उहाँले संविधान तयार अवस्थामा रहेको र केही विषयमा मात्र मतभिन्नता रहेकाले त्यो विषयलाइ सहमतिबाट नभए प्रक्रियामा गएर भएपनी टुंग्याएर संविधान जारी गर्ने ठोकुवा गर्नुभयो ।
संविधान निर्माणगर्ने वेलाामा गरिने वन्द हडताललाइ जनताले साथ नदिने उहाले बताउनुभयो

।नेता खनालले सहमतीका लागी हससंभव प्रयास भइरहेकालले मुलुक टुक्रने र विभाजन हुने खालको सहमती भने आफनोपार्टीलाइ कुनैपनी हालतमा मान्य नहुने बताउनुभयो ।
उहाले सहमतीको वाधक एकिकृत माओवादी र मधेशवादी दल भएको उल्लेख गर्दै वन्द हडतालवाट कोइपनी नतर्सने बताउनुभयो ।
एक प्रश्नमा नेता खनालले अहिले सरकारको नेतृत्व कसले गर्नेभनदापनी सिङगो राष्ट्रको ध्यान संविधान निर्माण तिर केन्द्रित रहेकाले संविधान वनेपछी सरकारको वारेमा सोचन सकिने प्रष्ठ पार्नुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्