आगलागी हुँदा दुई घर जलेर ध्वस्त

आगलागी हुँदा दुई घर जलेर ध्वस्त

सिन्धुपाल्चोकको जलविरे ९ ठाडोपानीमा आगलागी हुँदा दुई घर जलेर ध्वस्त भएका छन् । खड्गबहादुर श्रेष्ठ र उनका भाइ दिलबहादुर श्रेष्ठको घर जल्दा २१ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
खाना पकाएर ननिभाइ छाडेको आगो खड्गबहादुरको घरबाट सल्केको थियो । आगोले उनका भाइ दिलबहादुरको समेत दुई तले कच्ची घर जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
गएराति १२ बजेबाट सुरु भएको आगो इलाका प्रहरी कार्यालय जलविरेबाट गएका प्रहरी तथा स्थानीयले करिब तीन घन्टाको प्रयासमा निभाएका थिए । आगलागीबाट लत्ताकपडा, अन्नपात तथा भाडावर्तनसहित खड्गबहादुरको ११ लाख ७० हजार रुपैयाँ र दिलबहादुरको नौं लाख ९० हजार रुपैयाँ बराबरको धनमाल नोक्सान भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
पीडित परिवार छिमेकीको शरणमा रहेकोे सिन्धुपाल्चोक प्रहरिले जान्कारि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्