बालबालिकालाई अत्यावश्यक पर्ने खोपका देशभर अभाव

बालबालिकालाई अत्यावश्यक पर्ने खोपका देशभर अभाव

सरकारको ढिलासुस्तीका कारण बालबालिकालाई अत्यावश्यक पर्ने खोपका देशभर अभाव भएको छ । सरकारले समयमै आपूर्तिको व्यवस्था नमिलाउँदा रोगसँग लड्ने क्षमताको विकास गर्ने खोप लगाउनबाट बालबालिकाहरु बन्चित भएका हुन । अधिकांश जिल्लामा बीसीजी, दादुरा र रुबेला रोग नलागोस् भनेर दिइने भ्याक्सिन सकिएको छ । केही जिल्लामा खोप छ तर पर्याप्त छैन । स्वास्थ्य मन्त्रालय अन्तर्गतको बाल स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर कृष्णप्रसाद पौडेलले केन्द्रमा खोप नभएकोले जिल्लामा पठाउन नसकिएको बताउँनुभयो । उहाँले खोप अभावको समस्या सन् २०१५ को जनवरी महिनाभित्रै समाधान गर्ने दाबी गर्नुभयो । महाशाखाका अनुसार विगत तीन वर्ष अघिदेखि यस्ता खोपहरु सहज रुपमा आपूर्ति हुन नसक्दा अहिले अभाव चर्किएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्