विराटनगरमा सभा गर्न लागेका सीके राउत पक्राउ

विराटनगरमा सभा गर्न लागेका सीके राउत पक्राउ

स्वतन्त्र मधेश राष्ट्रको माग गर्दै विराटनगरमा सभा गर्न लागेका सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगरमा आज राउतले नेतृत्व गरेको ‘स्वतन्त्र मधेस गठबन्धन’ले आयोजना गर्न लागेको आमसभामा स्थानीय प्रशासनले रोग लगाए पनि राउत अवज्ञा गर्दै ‘एक्कासी’कार्यक्रम स्थल डिग्री क्याम्पस पुगेपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि प्रदर्शनमा उत्रिएका उनका केही समर्थकहरुमाथि प्रहरीले सामान्य बल प्रयोग गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले राष्ट्रिय अखण्डताविरुद्ध प्रचारप्रसार भइरहेका कारण राउतको सभाको प्रचारप्रसार र सभा आयोजना गर्न रोक लगाइएको बताउँनुभयो । यसअघि पुस १३ मा महोत्तरीको जलेश्वरस्थित महेन्द्र चोकमा आयोजित सभालाई सम्बोधन गर्न जाँदै गर्दा पक्राउ परेका राउतलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिइ छोडेको थियो । देशद्रोहको अभियोगमा पक्राउ परेका राउत विशेष अदालतबाट रु ५० हजार धरौटीमा छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्