जनकपुरमा कुकर विस्फोट हुँदा १२ जना विद्यार्थी घाइते

जनकपुरमा कुकर विस्फोट हुँदा १२ जना विद्यार्थी घाइते

जनकपुरको आरडी शिक्षा निकेतनमा कुकर विस्फोट हुँदा १२ जना विद्यार्थी घाइते भएका छन् । जनकपुर उपमहानगरपालिका १ वकिल टोल स्थित आरडी शिक्षा निकेतनको होस्टलमा बस्ने विद्यार्थीले चुल्होमा आगो तापिरहेका बेला कुकुर विस्फोट भएको शिक्षा निकेतनक प्रिन्सिपल रविन्द्र कुमार यादव जानकारी दिनुभयो ।
विस्फोटमा सोनु यादव, अनित यादव, अशोक शर्मा, मुकेश साह, प्रशान्त कुमार ठाकुर, वालकृष्ण यादव, जितेन्द्र यादव, चन्दन यादव, साहिल ठाकुर, राजन यादव आयाज मुसाफिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको धनुषा अस्पतालमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्