माथिल्लो मर्स्याङदी ए जलविद्युत आयोजनामा तोडफोड

माथिल्लो मर्स्याङदी ए जलविद्युत आयोजनामा तोडफोड

लमजुङमा निर्माणाधिन ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङदी ए जलविद्युत आयोजनामा तोडफोड भएको छ । आयोजनाको गाडीको ठक्करबाट मजदुरको ज्यान गएपछि त्यसको विरोधमा स्थानीय युवाले आयोजनामा तोडफोड गरेका हुन् । तोडफोडबाट १४ लाख बराबरको क्षति भएको आयोजनाको निर्माण कम्पनी सिनो–सगरमाथा हाइड्रोपावर कम्पनीले जनाएको छ । गएको सोमबार आयोजनाको गाडीको ठक्करबाट बाहुनडाँडा–५ का खगेन्द्र घिमिरेको ज्यान गएको थियो । घिमिरेले आयोजनामा मजदुरीको काम गर्दै आएका थिए । आयोजनाले पीडित परिवारलाई ५ लाख बिमा रकम सहित १३ लाख र २५ हजार किरिया खर्च दिने सहमति भएको छ । आयोजना तोडफोड गर्ने विरुद्ध कारबाही गरिने जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्